spot_img

भ्रष्टाचार आरोपमा फरार अभियुक्त यादव पक्राउ

spot_img
spot_img

राजविराज,०९ मंसिर । झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा सजाय पाएर फरार रहेका प्रतिवादी रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको छ। विशेष अदालत काठमाडौंले १० हजार रुपैयाँ जरिवाना र छ महिनाको कैद सजाय सुनाएपछि यादव लामो समयदेखि फरार रहेकाले जिल्ला प्रहरी कार्यालय सप्तरीले खोजी कार्य तीव्र पारेको थियो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं सूचना अधिकारी प्रनाउ डम्बरबहादुर पुरीका अनुसार पक्राउ परेका यादव रुपनी गाउँपालिका–१ का बासिन्दा हुन्। अदालतको आदेश कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनलाई सोमबार फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत, राजविराजमा बुझाइएको प्रहरीले जनाएको छ। प्रवक्ता पुरीका अनुसार अदालतका फैसलाहरू कार्यान्वयन गर्न प्रहरी तदारुकतापूर्वक लागिपरेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय