Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

पुरानो पार्टीको प्रभावबाट मुक्त हुन माधवकुमार नेपालको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०९ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ एकीकृत पार्टी बनेको परिस्थितिमा अब पुराना पार्टीगत मानसिकता र ‘धङधङी’बाट कार्यकर्ताहरू मुक्त हुनुपर्ने बताएका छन्।

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेपालले १४ वटा घटक मिलेर नयाँ पार्टी गठन भइसकेकाले पेरिसडाँडा, आलोकनगरजस्ता पूर्वाधार–आधारित सोच छाडेर एकीकृत संगठन निर्माणमा लाग्न सबैलाई निर्देशन दिए।

नेपालले विगतका संरचना र समूहगत पहिचानले नयाँ पार्टीभित्र विभाजन निम्त्याउने चेतावनी दिंदै भने,“पेरिसडाँडा मेरो, आलोकनगर तपाईँहरूको भन्ने मानसिकता अब छाड्नुपर्छ। संगठन मेरो–तिम्रो भनेर छुट्ट्याउने भ्रमबाट मुक्त हुनुपर्छ।”

उनका अनुसार नयाँ पार्टीको एकतालाई मजबुत बनाउने प्रक्रियामा जनसंगठनहरूलाई पनि एउटै संरचनामा ल्याउनुपर्नेछ।

इतिहासको व्यापक अध्ययन आवश्यक नेपालले इतिहासको चर्चा गर्दा केवल २०५२ सालबाट होइन, २००६ सालदेखि सुरू भएको आन्दोलन र २०२८ सालको झापा विद्रोहसम्मका योगदानहरू स्मरण गर्नुपर्ने बताए।
उनले एक व्यक्तिमात्रै केन्द्रमा राखेर चर्चा गर्ने प्रवृत्तिले पार्टीभित्र ‘बा प्रवृत्ति’ बढ्ने भन्दै त्यसबाट सचेत रहन आग्रह गरे।

विश्वास र एकताले मात्रै पार्टी बलियो— नेपाल “एकअर्कामाथिको विश्वासले मात्र हाम्रो पार्टी नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्न सक्छ,” नेपालले भने।

उनका अनुसार एकीकृत पार्टीले पुराना बिस्तारै कमजोर बनाउँदै सहकार्य, प्रशिक्षण र सांस्कृतिक रूपान्तरणमार्फत सुदृढ संगठन निर्माणतर्फ अघि बढ्नुपर्छ।

ताजा समाचार

थप समाचार