काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। १ मंसिरदेखि खुला भएको दल दर्ता प्रकृयामा हिजोसम्म ८० वटा दल दर्ता भइसकेका छन्। आजसम्म दर्ता भएका दलले मात्र आगामी फागुन २१ को निर्वाचनमा सहभागिता जनाउन पाउनेछन्।
प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम अनुसार ६ माघमा उम्मेदवार मनोनयन दर्ता हुनेछ। त्यसै दिन बेलुका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ। मनोनयनविरुद्ध उजुरी दिने म्याद ७ माघमा रहनेछ।
८ माघमा मनोनयन तथा उजुरीको अध्ययन–छानबिन गरी निर्णय गरिनेछ र पुनः नामावली सार्वजनिक हुनेछ। ९ माघमा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली प्रकाशित गरी आधिकारिक उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।



