बीरगन्ज,१० मंसिर । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले विन्दवासिनी गाउँपालिका–६, बटसौरामा लुकाइराखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ।
गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले मंगलबार कुन्यु भित्र सुरक्षित रूपमा लुकाइएको २१३ किलोग्राम गाँजा फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए।
सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा लागुऔषध ओसारपसार रोक्न ‘इन्टेलिजेन्स लिड अपरेसन’ सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीले उक्त अभियानअन्तर्गत यो बरामदगी गरेको जनाएको छ।





