Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाहरूको प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० मंसिर । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ । जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन् ।

२३ र २४ को जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता बस्नेत जेनजी युवा प्रति आक्रामक सुनिएका छन् । साथै, जेनजी युवाले पनि बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन् । गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन बस्नेत आउने थाहा पाएपछि जेनजी युवाले प्रदर्शन गरेका थिए । जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।

७ मंसिरमा इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत चढेको गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए । मंगलबार सुर्खेतमा पनि केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए ।

ताजा समाचार

थप समाचार