Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

सीमाक्षेत्र सुन्दर र स्वच्छ बनाउने लक्ष्यसहित मितेरीपुलमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१० मंसिर । वीरगन्ज–रक्सौल सीमाक्षेत्रलाई हराभरा, स्वच्छ र व्यवस्थित वातावरणयुक्त क्षेत्रका रूपमा विकसित गर्ने उद्देश्यसहित मितेरीपुल परिसरमा बुधबार वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्ज महानगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा आयोजित उक्त अभियानमा विभिन्न निकायहरूको सक्रिय उपस्थिति रहेकाले कार्यक्रम विशेष प्रभावकारी बनेको आयोजकले जनाएको छ।

वृक्षारोपण अभियानले सीमाक्षेत्रमा बढ्दो धूलो-धूँवा नियन्त्रण, वातावरणीय संतुलन जोगाउने तथा दीर्घकालीन सौन्दर्यकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले वृक्षारोपण महानगरको दीर्घकालीन वातावरणीय योजनासँग प्रत्यक्ष रूपमा जोडिएको प्रगतिशील अभियान भएको उल्लेख गर्दै हरियाली केवल दृश्य सौन्दर्यका लागि मात्र नभई स्वास्थ्य, वातावरण तथा भविष्यका पुस्ताको सुरक्षित जीवनसँग सम्बन्धित विषय भएको बताए। उनका अनुसार सीमाक्षेत्रलाई स्वच्छ, आकर्षक र व्यवस्थित बनाउनु महानगरको प्राथमिकताभित्र पर्दछ र यस प्रकारका वातावरणमैत्री गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता महानगरले लिएको छ।

खेतानले नगरवासी, सुरक्षा निकाय तथा स्थानीय सरोकारवाला संस्थाहरूको समन्वय र सहकार्यले मात्र दीगो वातावरण निर्माण सम्भव हुने धारणा व्यक्त गरे। कार्यक्रममा विशेष अतिथिको रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, डीएसपी राजु कार्की, ट्राफिक प्रमुख युबराज कटवाल, सरसफाइ महाशाखाका सर्फुदिन मिया, महानगर प्रहरी प्रमुख हरि भुसाल, सशस्त्र प्रहरी बल नं.१३ गण मुख्यालयका प्रमुख पुरनचन्द्र भट्ट, वीरगञ्ज भन्सार कार्यालयका डीएसपी पुरुषोत्तम भण्डारी, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, भारतीय सुरक्षा बल एसएसबिका सिओ संजय रावत, दीपक कृष्णा (DY), नवीन कुमार (DY) लगायतका विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।

महानगरका पदाधिकारी, सुरक्षा निकाय, सामुदायिक प्रहरी, सञ्चारकर्मी, स्थानीयवासी तथा नागरिक समाजको उल्लेखनीय सहभागितासहित सम्पन्न वृहत वृक्षारोपण अभियान वातावरणीय संरक्षणप्रति सचेतना बढाउन सफल भएको आयोजक संस्थाहरूले बताएका छन्।

ताजा समाचार

थप समाचार