Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

समानुपातिकतर्फ पहिलो दिन ३३...

काठमाडौं,२१ मंसिर । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको...

कर्णाली याक्सले जनकपुरलाई १३०...

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर...

मानव अधिकार आयोगमा एक...

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो...

मधेश प्रदेशमा एमाले सरकारका...

काठमाडौं,२१ मंसिर । मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
19.3 C
Birgunj
spot_img

नवलपरासीमा छोराले बाबुलाई कुटपिट गरी हत्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० मंसिर । नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीमा एउटा पारिवारिक कलहले डरलाग्दो रूप लिएको छ ।

गए राति घरायसी विवाद चर्किएपछि ३० वर्षीय छोरा सन्तकुमारले आफ्नै ६० वर्षीय बुबा रामबहादुर विकलाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका विकलाई तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको दुःखद निधन भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, बुबाको हत्या गर्ने अभियुक्त छोरा सन्तकुमारलाई प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ । आफ्नै जन्मदाताको ज्यान लिने गरी भएको यो निर्मम घटनाले जुगेपानी गाउँमा सन्नाटा छाएको छ ।

सन्ततिको हातबाट बाबुको ज्यान गएको यो घटनाले पारिवारिक सम्बन्धमा आएको विचलनको गम्भीर पाटो उजागर गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।

ताजा समाचार

थप समाचार