spot_img

मधेस मुख्यमन्त्री नियुक्ति विवाद : दुवै रिट फुयाल–पाण्डेय इजलासमा तय

spot_img
spot_img

काठमाडौं,११ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइका लागि पेसी तोकिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा दुवै रिट निवेदनको पेसी तय गरिएको हो।

यस विषयमा अर्जुन शाहले कात्तिक २४ गते रिट दायर गरेका थिए भने प्रदेशसभा सदस्य कृष्णप्रसाद यादवसहितका सदस्यहरूले अर्को रिट २५ गते दर्ता गराएका थिए। अब दुवै रिट निवेदनमा सुनुवाइ अदालतको निर्धारित पेसीअनुसार हुनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय