spot_img

बारामा सडक मर्मतको माग गर्दै टेम्पु चालकद्वारा सडक अवरुद्ध

spot_img
spot_img

बारा,११ मंसिर । कलैया–मलाही १६ किलोमिटर सडक खण्डको जीर्ण अवस्थाले टेम्पु चालकहरू आक्रोशित भएका छन्। नेपाल स्वतन्त्र अटो चालक मजदुर युनियन सङ्घले बिहीबार बिहान ८ बजेदेखि पूर्णरूपमा सडक बन्द गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ।

सङ्घका अध्यक्ष सफिक अन्सारीका अनुसार, कलैया–गञ्ज भवानीपुरबिच पसाहा खोलाको पुल नजिक करिब १५० टेम्पु चालकले सवारीसाधन सडकमै राखेर यातायात पूर्ण रूपमा अवरुद्ध गरेका छन्। सडकमा रहेका खाल्डा–खुल्डीले यात्रालाई जोखिमपूर्ण बनाएको र महिनौंसम्म मर्मत नहुँदा चालकहरू आक्रोशित बनेका हुन्।

आन्दोलनकारीहरूले सडक तत्काल कालोपत्र गर्ने, जीर्ण सडक सुधार्ने लगायतका माग राखेका छन्। उनीहरूले भने, महिनाको करिब १० हजार रुपैयाँ मात्र आम्दानी हुने भए पनि बिग्रिएको सडकको मर्मत–सम्भारमा १५ हजार रुपैयाँसम्म खर्च गर्नुपरेको छ।

यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर सडक मर्मतको माग गरिएको थियो, तर कुनै प्रभावकारी कदम नचालिएको आरोप आन्दोलनकारीहरूले लगाएका छन्। सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग नहुँदा स्थानीय बासिन्दा, विद्यार्थी र दैनिक यात्रुहरू समस्यामा परेका छन्।

प्रहरी र प्रशासनले आन्दोलनकारीसँग वार्ता गर्ने प्रयास गरिरहेको भए पनि, टेम्पु चालकहरूले “मर्मतको ठोस आश्वासन नभएसम्म” आन्दोलन जारी राख्ने अडान लिएका छन्। स्थानीय प्रहरीले भीड नियन्त्रणका लागि परिचालन गरिसकेका छन्।

स्थानीयहरूले आरोप लगाएका छन् कि सडक धेरै वर्षदेखि जीर्ण भए पनि स्थानीय तहको ध्यान नपुगेको छ। यस क्षेत्रबाट दुई–दुई पटक उपराष्ट्रपति र हाल केन्द्रीय अध्यक्ष जितेर गएपछि पनि सडक मर्मत नहुने हुँदा चालकहरू नाराज भएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय