spot_img

माधव नेपालले नेकपाको एकता दीर्घकालीन र बलियो भएको बताए

spot_img
spot_img

काठमाडौँ, ११ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह(संयोजक) माधवकुमार नेपालले पार्टीको एकता वैचारिक र सैद्धान्तिक आधारमा भएकाले दीर्घकालीन रूपमा बलियो हुने दाबी गरेका छन्। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले पार्टीको एकतालाई अब काममा परिणत गर्नुपर्ने जोड दिएका हुन्।

नेपालले भने, “विचार, सिद्धान्त र नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधारमा हाम्रो एकता भएको छ। त्यसकै आधारमा नेकपाको एकता बलियो भएको छ। अब कुरा धेरै होइन, काम गर्नुपर्छ। सबै समिति र जनवर्गीय सङ्गठनमा समायोजन गर्नुपर्ने काम बाँकी छ। हाम्रो पार्टीप्रति देशैभरि आकर्षण बढेको छ।”

उनले देशभर नेकपाप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सबै कार्यकर्तालाई सक्रिय भएर काम गर्न आग्रह गरेका छन्। सभामा उपस्थित कार्यकर्ता र नेताहरूले पनि पार्टी एकतालाई सुदृढ गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय