Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

नगरप्रमुखसहित दश जनाविरुद्ध २९ लाखको भ्रष्टाचार मुद्दा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१२ मंसिर । धनुषाको कमला नगरपालिकामा अनियमितता गरेको आरोपमा पूर्व नगरप्रमुख राम उदगार गोइतसहित १० जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ लाख ४४ हजार १३७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले शुक्रबार उक्त जानकारी दिएका हुन्।

मुद्दामा गोइतसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल सञ्जिव कुमार महतो, जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, तत्कालीन कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन र एस एण्ड एस बिल्डर्स प्रालिका अध्यक्ष सन्तोष कुमार यादवसमेत प्रतिवादी बनाइएका छन्।

आरोप अनुसार, लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माण गर्ने कार्यमा न्यूनतम दर प्रस्ताव गर्ने निर्माण कम्पनीलाई पन्छाएर दोस्रो सर्वाधिक प्रस्ताव दातासँग मिलेमतो गरी सम्झौता गरिएको थियो।

उक्त परियोजनाको लागत अनुमान भ्याटसहित ७५ लाख रुपैयाँ स्वीकृत गरिएको थियो। २०७६ चैत १८ मा राष्ट्रिय बोलपत्र आह्वान गरिएको र २०७७ वैशाख २३ मा खरिद मूल्याङ्कन समितिले सबैभन्दा कम प्रस्ताव दिने सेट स्क्वायर कन्सट्रक्सन प्रालि (४२ लाख ७४ हजार ५५१) लाई मूलतः योग्य ठहर्‍याएको आयोगले जनाएको छ।

तर समितिका केही सदस्य र स्थानीय तहका जिम्मेवार व्यक्तिहरू मिलेमतोमा परम्पराविपरीत दोस्रो बढी प्रस्ताव गर्ने कम्पनीसँग सम्झौता गरेको प्रमाण भेटिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

ताजा समाचार

थप समाचार