Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
23 C
Birgunj
spot_img

नेतृत्व चयनमा स्पष्टता ल्याउन विश्वप्रकाशको दुई तहको महाधिवेशन योजना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ मंसिर । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनको समय र स्वरूपलाई लिएर विवाद चलिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासमक्ष एउटा नयाँ र रचनात्मक विकल्प अघि सारेका छन् ।

बिहीबार साँझ सभापति देउवासँग भएको छलफलमा महामन्त्री शर्माले यही महिनाभित्र विशेष महाधिवेशन गर्ने र त्यसपछि आगामी मंसिरमा १५औँ नियमित महाधिवेशन सम्पन्न गर्न सकिने प्रस्ताव राखेका हुन् । महामन्त्री शर्माको यो प्रस्तावले पार्टीभित्र देखिएको चुनावअघि वा पछि महाधिवेशन गर्ने विवादलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ । उहाँको योजनाअनुसार विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नेछ र त्यसपछि हुने नियमित महाधिवेशनबाट अर्को नयाँ नेतृत्व चयन गर्न सकिनेछ ।

पार्टीको केन्द्रीय समिति बैठक विशेष महाधिवेशनको एजेन्डामा सहमति जुट्न नसक्दा निरन्तर सरिरहेका बेला, सभापति देउवाले बिहीबारदेखि पार्टीका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन् । महाधिवेशनको विषयमा सहमति जुटाउनका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले आज पनि छलफललाई निरन्तरता दिने भएका छन् ।

ताजा समाचार

थप समाचार