Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

प्रहरीको मनोबल उकास्न सरकार सक्रिय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१२ मंसिर । जेनजी आन्दोलनपछि मानसिक र संरचनागत रूपमा प्रभावित बनेको नेपाल प्रहरीको मनोबल पुनःस्थापनाका लागि सरकार गम्भीर रूपमा लागिपरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्। राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित समितिको बैठकमा बोल्दै उनले प्रहरीको आत्मसम्मान, निष्पक्षता र पेशागत स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

मन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा प्रहरीले भोगेको मनोवैज्ञानिक दबाब, सञ्चालनगत चुनौती र संरचनागत क्षतिलाई न्यूनीकरण गर्न राज्यले द्रुतगतिमा काम गरिरहेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन प्रहरीको मनोबल उच्च हुनु अत्यावश्यक भएको उनको जोर थियो।

‘बर्दीको प्रतिष्ठा हाम्रो प्राथमिकता हो,’ मन्त्री अर्यालले भने, ‘गैरघातक हतियार उपलब्ध गराउने, सेवा–सुविधामा सुधार ल्याउने र नागरिक–प्रहरी सहकार्य बलियो बनाउने काम सरकार निरन्तर गर्दै छ।’ बढुवा, सरुवा र परिचालनमा कुनै राजनीतिक हस्तक्षेप नभएको दाबी गर्दै उनले यसले संगठनभित्र सकारात्मक ऊर्जा पैदा गरेको बताए।

टियर ग्यास र अन्य गैरघातक हतियार अभावले प्रहरी जोखिममा परेको उल्लेख गर्दै गृहमन्त्रीले यस्ता हतियार खरिदलाई तीव्रता दिइएको जानकारी दिए। गैरघातक हतियार पर्याप्त भएमा भिड नियन्त्रणका क्रममा ‘घातक’ हतियार प्रयोगको आवश्यकता न्यून हुने र मानवीय क्षति घट्ने उनको भनाइ थियो।

जेनजी आन्दोलनका क्रममा ४५० भन्दा बढी प्रहरी कार्यालय क्षतिग्रस्त भए पनि अधिकांश संरचनाको पुनर्निर्माण सकिएको उनले बताए। यी संरचनाको पुनःस्थापनामा नागरिकस्तरबाट प्राप्त स्वेच्छिक सहयोगलाई प्रहरीप्रति जनविश्वासको सूचकका रूपमा उनले व्याख्या गरे। आन्दोलनमा बाहिरिएका अधिकांश हतियार फिर्ता भइसकेका र फरार कैदीहरूलाई पनि दैनिक रूपमा पक्राउ गरिँदै सुरक्षा संयन्त्र क्रमशः सुदृढ हुँदै गएको उल्लेख गरे।

सेवा–सुविधामा समानता, रासनवृद्धि र अन्य भौतिक आवश्यकतासम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाइसकिएको र चाँडै निर्णय हुने विश्वास व्यक्त गर्दै उनले प्रहरी संगठनबाट आएको फाइल ढिलाइ नगरी अघि बढाइरहेको बताए।

नेपाल प्रहरीले नियमित बजेटबाट १५६ वटा तथा थप बजेटबाट १०६ वटा सवारीसाधन खरिद गर्ने प्रक्रिया सुरु भइसकेको पनि गृहमन्त्री अर्यालले जानकारी दिए।

ताजा समाचार

थप समाचार