काठमाडौँ,१२ मंसिर । सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णराज पाठकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ।
बिहीबार बसेको बढुवा समितिको बैठकले पाठकलाई एसएसपीबाट डिआइजीमा बढुवा गर्ने सिफारिस गरेको हो। उनी रिक्त रहेको एक पदका लागि सिफारिस भएका हुन्।
बढुवा सिफारिसमाथि असन्तुष्ट एसएसपीहरूले सात दिनभित्र बढुवा समितिको सचिवालयमा उजुरी दिने व्यवस्था गरिएको छ।



