Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

मधेस मन्त्री अन्सारीले संघीय गृहमन्त्रीसँग सुरक्षा र समन्वयबारे विशेष छलफल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१२ मंसिर ।  मधेस प्रदेशकी गृह, कानुन तथा सञ्चार मन्त्री बिमला अन्सारीले संघीय गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रदेशको सुरक्षा चुनौती, अपराध वृद्धिदर र स्थानीय प्रशासनबीचको समन्वयबारे विस्तृत छलफल गरेकी छन्।

गृह मन्त्रालयमा भएको भेटमा मन्त्री अन्सारीले प्रदेशमा बढ्दै गएको अपराध, सामाजिक सद्भावमा परिरहेको दबाब र समन्वय अभावका कारण सुरक्षा व्यवस्थापनमा परेको प्रभावबारे केन्द्र सरकारलाई प्रत्यक्ष जानकारी गराइन्। छलफलमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की समेत उपस्थित थिए।

विशेषगरी, उनले प्रहरी समायोजन ऐनको ढिलाइले प्रदेशमा सुरक्षा प्रणालीको प्रभावकारितामा असर पुर्याएको भन्दै ऐन शीघ्र अघि बढाइदिन संघीय सरकारलाई औपचारिक अनुरोध गरेकी छन्। मन्त्री अन्सारीका अनुसार समायोजन पूरा भएपछि सेवा–सुरक्षा प्रणाली अझ एकीकृत र प्रभावकारी हुने छ।

गृहमन्त्री अर्यालले मधेस प्रदेशको शान्ति–सुरक्षा सुदृढीकरणमा संघीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै, केन्द्र–प्रदेश सहकार्यलाई अझ बलियो बनाउने आश्वासन दिएका छन्। उनले आगामी प्रतिनिधि सभा निर्वाचन समयमै सम्पन्न गर्न सरकार तयार रहेको जानकारी पनि दिए।

मन्त्री अन्सारीले हालै देशका विभिन्न स्थानमा देखिएका तोडफोड, सार्वजनिक र निजी सम्पत्तिमा क्षति र प्रतिगामी तत्वको सम्भावित संलग्नतालाई लिएर चिन्ता व्यक्त गर्दै, यस्ता गतिविधि रोक्न सबै तहमा उच्च सतर्कता आवश्यक रहेको बताइन्।

उनले मधेसमा पछिल्ला महिनामा देखा परेका सुरक्षा चुनौती र राजनीतिक संवेदनशीलताका कारण संघ–प्रदेश नियमित समन्वय अपरिहार्य भएको पनि औँल्याइन्।

ताजा समाचार

थप समाचार