spot_img

आन्दोलनपछि कलैया–मलाही सडकखण्डमा मर्मत कार्य सुरु

spot_img
spot_img

बीरगन्ज,१२ मंसिर । बाराको कलैया–मलाही १६ किलोमिटर सडकखण्डमा आजदेखि मर्मत कार्य सुरु गरिएको छ।

नेपाल स्वतन्त्र अटो चालक मजदुर युनियन र स्थानीयवासीहरूले बिहीबारदेखि अनिश्चितकालीन सडक बन्द गरेपछि पूर्वाधार विकास कार्यालय बाराले सडक मर्मत कार्य सुरु गरेको हो। यो सडक वर्षौँदेखि जीर्ण अवस्थामा रहेको थियो।

कलैया–गञ्जभवानीपुरबीच पसाहा खोलाको पुलमा बिहीबार टेम्पु चालकहरूले सडकमा टेम्पु रोकेर आन्दोलन गरेका थिए। पूर्वाधार विकास कार्यालय बाराकी सूचना अधिकारी इन्जिनियर आरती चौधरीका अनुसार सडक हाल ठेक्का प्रक्रियामा रहेको छ।

चौधरीले भने, “सडक निर्माणको ठेक्का प्रक्रियामा रहेको र हाल जनतालाई सहज हुनेगरी मर्मत कार्य भइरहेको छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय