Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सचिवालयका अनुसार, उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो ।

भेटका क्रममा, दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको तथा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतबीचको सम्वन्ध गहिरो रहेको र र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद स्वास्थ्यमन्त्री गौतमले व्यक्त गरिन् ।

साथै भेटका क्रममा मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सुधार मन्त्रालयका प्रमुख प्राथमिकतामा रहेको बताए ।

राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहोर्‍याउँदै राष्ट्रिय औषधी प्रयोगशालाको स्तरोन्नतीको लागि भवन निर्माण, आवश्यक उपकरण तथा सोको लागि जनशक्तिको तालिममा सहयोग गर्न सकिने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा समाचार

थप समाचार