सप्तरी,१३ मंसिर । सप्तरीकी एक १४ वर्षीया बालिकाले आफू बलात्कारमा परेको बताएकी छिन्। उनले आफ्नै गाउँका तर बिर्तामोडमा मजदुरी गरी बस्ने २१ वर्षीय युवाले विवाह गर्ने प्रलोभनमा बोलाएर बलात्कार गरेको बताएकी हुन् ।
उनले एक वर्षदेखि केटासँग सम्बन्धमा रहेको र विवाहको आश्वासन दिएर बलत्कार गरेको आरोप लगाएकी छिन् । घटनाबारे छोरीबाट जानकारी पाएपछि बालिकाका बुवाले गत बुधबार जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएका छन् । तर प्रहरीले घटनाबारे गम्भिर अनुसन्धान अघी बढाइसकेको देखिन्न ।
बालिकाका बुबाले आरोपित युवाले विहे गर्ने प्रलोभन देखाएर सम्बन्ध राखेको कुरा छोरीले भनेको बताए । ुछोरीले मलाइ भने अनुसार भारदह ल्याएर ५ सय रुपैयाँ दिँइ जन्मदर्ता लिएर आउँ अनि बिहे गर्छु भनेको रहेछ, उनले भने, ुत्यसपछि केटो छोरीको सम्पर्कमा छैन् ।’ निरक्षर र सामान्य कृषिकर्म गर्ने बालिकाका बाबु यो घटनामा कसरी न्याय मिल्छ भन्नेबारे पनि जानकार देखिदैनन् ।
एक पटक गाउँमा पञ्जायती पनि बस्यौं तर त्यहाँ सबैले जे भयो–भयो भन्दै मलाई नै दबाब दिएर बुझाउन खोज्यो’ बालिकाका बुवाले भने, ‘मलाई मञ्जुर छैन, अब मेरी छोरीसँग कसले विवाह गर्छ । छोरीको जीन्दगी विगार्नेलाई कानूनअनुसार कारबाही हुनुपर्छ ।’ प्रहरी चौकी रम्पुरा मल्हनियाँले पीडक केटा र उसको बाबुलाइ आइतबार झिकाउने भन्दै फर्काइदिएको गुनासो बालिकाका बाबुले गरे ।
वालिका बस्ने गाउँका वडाध्यक्षले यो घटनाबारे आफुले जानकारी नपाएको बताए । उनले भने, ‘मैले पनि सामाजिक सञ्जालबाटै ती विषयबारे जानकारी पाए, थप बुझ्नै लागेको छु ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बालिकाका बुवाले कुटपिट सम्बन्धी उजुरी दिएको बताए । ‘उहाँले त कुटपिट सम्बन्धी उजुरी दिनुभएको छ’ उनले भने, ‘उजुरीअनुसार थप अनुसन्धान भइरहेको छ ।’



