Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

पर्सामा शिक्षा पत्रकार समूह गठन, सामुदायिक विद्यालयका चुनौती समाधानमा जोड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ मंसिर ।  पर्सामा ‘शिक्षा पत्रकार समूह’ औपचारिक रूपमा गठन गरिएको छ। नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा शनिबार आयोजित कार्यक्रममा महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रमोद यादवको अध्यक्षतामा बनेको नयाँ समितिको घोषणा गरे।

नवगठित समितिमा उपाध्यक्ष राजेन्द्र सिंह नेपाली, सचिव माधुरी महतो, सहसचिव बलिराम यादव, कोषाध्यक्ष राजकुमारी यादव तथा सदस्यहरूमा आंशु सर्राफ, विनोद यादव, अनिता कुँवर, एन्जल चौधरीलगायत छन्। त्यस्तै, सल्लाहकार समितिमा शंकर आचार्य, तुलसी भण्डारी, भूषण यादव, क्रान्ति शाह र विजय महतो चयन भएका छन्।

कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले सामुदायिक विद्यालयहरू लोकतन्त्रपछि भौतिक रूपमा सुधार भए पनि विषयगत शिक्षकको अभावका कारण शिक्षाको गुणस्तर कमजोर रहेको बताए। पछिल्ला दिनमा ‘युट्युबर आतंक’ भन्दै शिक्षकमाथि अनावश्यक दबाब सिर्जना भएको र यसले पठन-पाठनमै असर पारेको उनको भनाइ थियो। उनले केही जनप्रतिनिधिले योग्यताविहीन व्यक्तिलाई ईसीडी शिक्षकमा राख्ने प्रवृत्तिले विद्यालयमा थप समस्या बढाएको आरोप लगाए।

उपप्राध्यापक डा. सुष्मा तिवारीले २०४६ सालयता विद्यालयको पहुँच विस्तार भए पनि राज्यको लगानी उल्टै कमी हुँदै गएको टिप्पणी गरिन्। उनले मधेस प्रदेशको साक्षरता दर सातै प्रदेशमध्ये सबैभन्दा कम ६९ प्रतिशत मात्र रहेको बताउँदै पर्सा र वीरगञ्जका सामुदायिक विद्यालयमा शिक्षक अभाव, शौचालय समस्या, कमजोर पूर्वाधार, अपांगता–मैत्री वातावरणको कमी जस्ता चुनौती दिनदिनै गम्भीर बन्दै गएको धारणा राखिन्। उनका अनुसार दाताले उपलब्ध गराएका कम्प्युटर पर्याप्त भए पनि दक्ष प्रशिक्षक नहुँदा ती उपकरण उपयोगविहीन बन्दै गएका छन्।

कार्यक्रम शिक्षा पत्रकार समूह पर्साका अध्यक्ष प्रमोद यादवको सभापतित्व र शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोती प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल शिक्षक महासंघ वीरगञ्ज महानगरका अध्यक्ष प्रदीप जयसवाललगायतको उपस्थिति रहे।

ताजा समाचार

थप समाचार