spot_img

रास्वपासँग एकता खोज्दै उज्यालो नेपाल : ‘घण्टी’ चिन्ह स्वीकार, कार्यकारी वरिष्ठ उपाध्यक्ष माग

spot_img
spot_img

काठमाडौँ,१३ मंसिर । संरक्षक कुलमान घिसिङ नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता तथा सहकार्यका लागि जारी संवाद अझै निष्कर्षमा पुग्न नसकेको जनाएको छ। पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार लामो समयदेखि दुवै पक्षबीच निरन्तर छलफल भए पनि रास्वपाले राख्दै आएका सर्तका कारण सहमति टुंगिन नसकेको हो।

उज्यालो नेपाल एकता भएमा रास्वपाकै चुनाव चिन्ह ‘घण्टी’ स्वीकार गर्न तयार रहेको जनाएको छ। एकतापछि पार्टीको नाम मिलाएर लैजानु, रास्वपाको चुनाव चिन्ह कायम राख्नु र केन्द्रीय संरचनालाई समायोजन गर्ने विषयमा दुवै पक्षबीच मोडालिटीमा छलफल भइरहेको थापाले बताए।

तर नेतृत्व व्यवस्थापनको प्रसंगमा उज्यालो नेपालले ‘कार्यकारी भूमिकासहितको वरिष्ठ उपाध्यक्ष’ पद सिर्जना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। यही विषय मुख्य अड्चनमध्ये एक रहेको बताइन्छ।

थापाले निर्वाचन आयोगमा आफ्नो पार्टीको दर्ता प्रक्रिया ढिलो हुनुको कारण पनि रास्वपासँग चल्दै आएको अनौपचारिक संवाद नै भएको बताए। दर्ता प्रक्रिया पूरा भइसकेपछि पनि छलफलको क्रम निरन्तर रहेको उनको भनाइ छ।

तर, रास्वपा पक्षबाट पटक–पटक नयाँ सर्तहरू राखिँदै आएको उज्यालो नेपालले गुनासो गरेको छ। “वार्ता सकारात्मक भए पनि रास्वपाले बारम्बार नयाँ सर्त राखिरहेकोले सहकार्य सुनिश्चित हुन सकेको छैन,” थापाले बताए।

यसैबीच उज्यालो नेपाल पार्टी आगामी मंसिर १७ गते औपचारिक रूपमा घोषणा गरिँदै छ। उद्घाटन समारोहका प्रमुख अतिथि संरक्षक कुलमान घिसिङ रहनेछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय