वीरगन्ज,१४ मंसिर । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको छ । जिल्लाको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य, बेतिया जिल्लास्थित मुसहरीका ६५ वर्षीय गामा बिन रहेको पर्सा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीको टोलीले शंकरसरैयाँबाट ३० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
जङ्गलको बाटो हुँदै गाँजा बोकेर ल्याउँदै गरेको अवस्थामा बिनलाई दुई बोरा गाँजासहित पक्राउ गरिएको हो। प्रहरीको प्रारम्भिक अनुसान्धानमा पक्राउ परेका बिनले गाँजा भारततर्फ लैजान लागेको खुलेको छ ।



