Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता आजबाट बन्द हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म दर्ताको समय तोकेको भए पनि नयाँ दलहरूको चाप बढेपछि अवधि आजसम्मका लागि थपिएको थियो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइका अनुसार आयोगमा हालसम्म १३७ दल दर्ता भइसकेका छन्। दर्ता खुला गरिएको कात्तिक महिनाभर आयोगमा दल दर्ताका निवेदन निरन्तर रूपमा दर्ता भइरहेकाले अन्तिम दिनमा दर्ता प्रक्रियामा थप भीड लागेको बताइएको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले मंसिर १० गतेसम्म १०६ वटा दल दर्ता गरेको उल्लेख गरेको छ। त्यसयता बाँकी दलहरूले क्रमशः दर्ता गराइरहेका छन्।

यता माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि भने १३ राजनीतिक दल मात्र दर्ता भएका छन्। राष्ट्रियसभा चुनावमा भाग लिन इच्छुक दललाई मंसिर १ देखि ७ गतेसम्म दर्ताका लागि समय दिइएको थियो। आगामी राष्ट्रियसभा निर्वाचनमा १८ जना सदस्यका लागि मतदान हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै निर्वाचनलाई लक्षित गर्दै आयोगले आवश्यक तयारी तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।

Leave a Reply

ताजा समाचार

थप समाचार