Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

नेपालमा एचआईभी संक्रमणमा कमी, तर उपचार नपुग्दा दैनिक एकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१४ मंसिर । नेपालमा एचआईभी संक्रमण घटिरहेको भए पनि यसका कारण हुने मृत्यु दर अझै उच्च नै रहने संकेत देखिएको छ। विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले देशभर हाल एचआईभी संक्रमितको संख्या ३४ हजार ३३७ पुगेको जानकारी दिए।

तथ्यांकअनुसार संक्रमितमध्ये १५ वर्षभन्दा माथिका वयस्क ३३ हजार २७९ छन्, जसमा १९ हजार २७९ पुरुष र १४ हजार महिला छन्। साथै, एक हजार ५८ जना बालबालिका पनि एचआईभी पोजेटिभ अवस्थामै रहेका छन्।

सन् २००० देखि २०२४ को बीचमा नयाँ संक्रमण ७६ प्रतिशतले घटेको सकारात्मक उपलब्धि रहे पनि ९० प्रतिशत कटौती गर्ने लक्ष्य भने अझै चुनौतीपूर्ण रहेको डा. शर्माले बताए। अहिले पनि नेपालमा दैनिक सरदर १.७ जनामा नयाँ संक्रमण देखिन्छ भने एचआईभीकै कारण दैनिक झण्डै एक जनाले ज्यान गुमाइरहेका छन्, जुन अवस्थालाई स्वास्थ्य विशेषज्ञहरूले गम्भीर मानिरहेका छन्।

यद्यपि, उपचार पहुँचका सूचकहरूमा सुधार देखिएको छ। हाल कुल संक्रमितमध्ये ८८ प्रतिशत व्यक्तिले एआरटी औषधि नियमित सेवन गरिरहेका छन् भने ७६ प्रतिशतले भाइरल लोड परीक्षण गराएका छन्। आगामी वर्ष थप प्रभावकारी रणनीति बनाएर ९० प्रतिशत कटौतीको लक्ष्य पुर्‍याउनुपर्ने आवश्यकता रहेको डा. शर्माले बताएका छन्।

Leave a Reply

ताजा समाचार

थप समाचार