spot_img

रौतहटमा १९० ग्राम ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

spot_img
spot_img

रौतहट,१४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–४, गौर रोड नजिक प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले शनिबार साँझ गौर रोडका ३२ वर्षीय भोला साहलाई घरमै नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा उनको पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर बरामद गरेको हो। साह बैंकिङ कसुरमा फरार प्रतिवादीसमेत रहेको प्रहरीले जनाएको छ।

साहकै बयानका आधारमा चन्द्रपुर–६का २८ वर्षीय राजेश राईलाई पनि प्रहरीले सोही दिन पक्राउ गरेको हो। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरीले जानकारी दिएको छ।

स्थानीय बासिन्दाले चन्द्रपुर क्षेत्रमा पछिल्ला वर्षहरूमा लागूऔषधको कारोबार बढ्दै गएको आरोप लगाउँदै प्रहरीको कमजोरीप्रति आलोचना गर्दै आएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय