spot_img

युएईको ५४औँ राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादवको सहभागिता

spot_img
spot_img

काठमाडौँ,१४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई) को ५४औँ राष्ट्रिय दिवसको अवसरमा शनिबार साँझ आयोजित विशेष स्वागत समारोहमा सहभागी भए।

नेपालका लागि युएईका राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्योगी–व्यवसायी, युएईका नागरिक तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो।

समारोहमा मन्तव्य राख्दै राजदूत अल शाम्सीले नेपाल–युएई सम्बन्ध आपसी सद्भाव, सम्मान र साझा हितमा आधारित रहेको उल्लेख गरे। दुवै देश जलवायु परिवर्तन, विश्व शान्ति तथा आतङ्कवादविरुद्धको अभियानमा समान ध्येयमा रहेको उनले बताए।

उनका अनुसार, २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला युएईले नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ। युएईमा कार्यरत धेरै नेपालीले दुई देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्मरण गर्दै उनले नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार विकास र मानव संसाधन क्षेत्रमा युएईले नेपाललाई सहयोग गरिरहेको जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय