Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

पर्सा प्रहरीकाे एक महिनामा अपराध नियन्त्रण र अवैध गतिविधिमा उल्लेखनीय प्रगति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ मंसिर । पर्सा प्रहरीले एक महिनाको कार्यसम्पादन सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रण, अवैध गतिविधि रोकथाम र सीमाक्षेत्र निगरानीमा उल्लेखनीय प्रगति भएको जनाएको छ।

कार्तिक ७ देखि मंसिर ७ सम्मको अवधिमा फरार रहेका १८४ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकाबाट ६ लाख २ हजार रुपैयाँ जरिवाना असुल भएको छ भने १८ वर्ष १ महिनाको कैद सजाय कार्यान्वयन गरिएको छ।

सीमाक्षेत्रमा निगरानी कडाइ गर्दै प्रहरीले खाद्यान्न, कपडा लगायतका ३ करोड ७५ लाख रूपैयाँ बराबरका भन्सार छली सामग्री बरामद गरेको छ। त्यस्तै, २७ किलो ४८० ग्राम गाँजा बरामद गरी चार जनालाई पक्राउ गरिएको छ।

अवैध गतिविधि नियन्त्रणमा, ५ सय लिटर घरेलु मदिरा नष्ट गरिएको छ भने बालुवा उत्खननमा संलग्न पाँच ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। वन अपराध नियन्त्रण अन्तर्गत ६१.५ क्युबिक फिट सालको अवैध काठ बरामद भएको छ।

हराइरहेका नौ जनामध्ये सात बालिका र दुई महिलालाई फेला पारेर अभिभावकको जिम्मामा बुझाइएको छ, साथै थप दुई बालिकालाई उद्धार गरिएको छ।

पर्सा प्रहरीले आगामी दिनमा अपराध नियन्त्रण, सीमाक्षेत्र निगरानी र जनसुरक्षाका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

ताजा समाचार

थप समाचार