Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

रामकिशोर सिंह हत्या प्रकरण : पुरानो रिसिइवीले लिए दुई जनाको गिरफ्तारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ मंसिर । बारा प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालिका प्रबन्धक रामकिशोर सिंहको हत्या पूर्व कर्मचारी र उनका साथीकै मिलोमतोमा भएको खुलासा भएको छ। गत बिहीबार राति फ्याक्ट्री नजिकै धारिलो हतियार र इँटाले आक्रमण गरी सिंहको हत्या गरिएको थियो। उनको शव भोलिपल्ट बिहान फ्याक्ट्रीबाट करिब २५ मिटर टाढा खाल्डोमा फेला परेको थियो।

घटना भएको १६ घण्टा नबित्दै प्रहरीले पर्सा वीरगञ्ज–२२ का २१ वर्षीय राजन कुमार राम र उनका ३२ वर्षीय साथी प्रमोद साह तुरहालाई नियन्त्रणमा लिएको छ। राम केही समयअघिसम्म फ्याक्ट्रीमा चालकका रूपमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार मुख्य अभियुक्त रामसँग मृतक म्यानेजर सिंहको लामो समयदेखि मनमुटाव रहँदै आएको थियो। गत वर्ष गढीमाई मेलाको समयमा गाडीको कलच प्लेट जलाएको विषयमा दुवैबीच विवाद बढेको र रामले केही समय काम पनि छोडेका थिए।

पुनः काममा फर्किएका रामले कम्पनीले तोकेको मूल्यभन्दा बढीमा पानी बिक्री गर्दै व्यक्तिगत नाफा कमाइरहेको थाहा पाएपछि म्यानेजर सिंहले कात्तिक १० गते उनलाई कामबाट हटाएका थिए। हिसाब–किताब मिलाएर कात्तिक ११ गते तलब र बाँकी रकमसमेत फर्छ्यौट गरिएको थियो।

यही पुरानो र नयाँ दुवै रिसले उग्ररूप लिएपछि रामले साथी तुरहासँग मिलेर मङ्सिर ११ गते साँझ रक्सी सेवन गरेपछि फ्याक्ट्री पुगेर हत्या योजना कार्यान्वयन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

दुवैले सिंहमाथि छुरा र इँटाले आक्रमण गरेको स्वीकार गरेका छन्। घटनास्थल र आरोपीहरूको साथबाट रगत लागेको छुरा र इँट बरामद गरिएको प्रहरीले जनाएको छ। भारतातर्फ भाग्न खोजिरहेका रामलाई छिपहरमाई–५ भिस्वा नाकाबाट तथा तुरहालाई वीरगञ्ज–२२ मा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरीका निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।

पक्राउ परेका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। “घटनाको सूचना पाएलगत्तै परिचालन भएपछि १६ घण्टामै अभियुक्तलाई समात्न सफल भयौँ,” निरीक्षक नेपालले बताए।

Leave a Reply

ताजा समाचार

थप समाचार