Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

बाराको बजनीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ मंसिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३, बजनीमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिएपछि घाइते भएकी जीतपुरसिमरा–७ की २० वर्षीया ज्योतिकुमारी गुप्ताको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सिमराबाट जीतपुरतर्फ जाँदै गरेको ना३त १०९८ नम्बरको ट्र्याक्टरले सोही दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–०३२ प ९५९० नम्बरको मोटरसाइकललाई बजनीमा ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई एक साइकलमा समेत ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा मोटरसाइकलकी चालक ज्योतिकुमारी गम्भीर घाइते भई वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचाररत रहेकी थिइन्। तर उपचारका क्रममा उनको मृत्यु भयो।

यस दुर्घटनामा मोटरसाइकलको पछाडिको सीटमा सवार आस्था गुप्ता र साइकल चालक जीतपुरसिमरा–२ का ४२ वर्षीय कृष्ण मगर घाइते भएको प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार