spot_img

चितवनमा वडाध्यक्षसहित ८ जना जुवाडे पक्राउ

spot_img
spot_img

चितवन,१४ मंसिर । चितवनमा एक जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । कालिका नगरपालिका–६ लालचोकमा जुवा खेलिरहेको अवस्थामा रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीसहित आठ जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ पर्ने अन्यहरूमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल, ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ७१ हजार दुई सय १० रुपैयाँ बरामद गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय