Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
20.6 C
Birgunj
spot_img

कुलमान धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ मंसिर – उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी नेपालको भ्रमणमा निस्किएका छन्।

आइतबार धरानमा विभिन्न व्यक्तिसँग कार्यक्रम गरेका उनी सोमबार मोरङको बेलबारी र झापासम्म जाने कार्यक्रम रहेको छ। धरान, बेलबारी र झापामा आदिवासी(जनजातिको बलियो उपस्थिति छ । यहाँ धरानका मेयर हर्क साम्पाङका समर्थको संख्या पनि राम्रो छ।

उज्यालो नेपालको पार्टीका केन्द्रीय सदस्य डकेन्द्र थेगिमका अनुसार संगठन विस्तार र कार्यकर्ता भेटघाटका लागि कुलमान देश दौडाहामा लागेका हुन् ।

पूर्वमा धरानका मेयर हर्क साम्पाङले खोलेको श्रम पार्टीनिकट कयौं पहिचानवादी नेताहरू उज्यालो नेपालमा जोडिएका छन् ।इलाम २ को उपचुनावमा उठेका थेगिम र डा। महेन्द्र लावतीसहितका नेता कुलमानको पार्टीमा जोडिएका छन् । त्यसले गर्दा पूर्वमा हर्कलाई केही धक्का लागेको छ ।

हर्कले अहिले पूर्वी पहाडमा आफ्नो पार्टीको संगठन विस्तार अभियानलाई तीव्र बनाएका छन् । यस्तो अब कुलमान पनि त्यही अभियान लिएर पूर्व नेपाल दौडाहामा निस्किएका हुन् ।

‘हामीले पार्टीको अभियान लिएर साथीहरूसँग छलफल गर्नका लागि पूर्व आएका हौँ’, थेगिमले खबरहबलाई भने, ‘निकै ठूलो सङ्ख्यामा विभिन्न पेशामा आबद्ध भएका व्यक्तिहरू विद्यार्थी, युवा, शिक्षक लगायतसँग कुरा भइरहेको छ।’

थेगिमका अनुसार धरान बसाइमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र कुलमानबीच भेटवार्ता भएन । हर्कले पछिल्लो समय बालेनमाथि सामाजिक सञ्जालमा निरन्तर आक्रमण गरिरहेका छन् ।

बालेनले आफूलाई मन्त्री हुनबाट रोकेको आरोप समेत उनले लगाउने गरेका छन् । हर्कसँग फाटो हुँदा यता कुलमान भने बालेनसँग नजिकिएको प्रमाण उनैले सार्वजनिक गरेका छन् ।

पूर्वका थुप्रै पहिचानवादीहरू कुलमानको उज्यालो नेपाल पार्टीमा जोडिएसँगै हर्क र कुलमानको पनि दुईको दूरी बढेको छ ।

कुलमान अहिले काठमाडौंका मेयर बालेन्द्र साहसँग नजिकिएका छन् । यी दुई एकै पार्टीमा सहयात्राबारे संवादमा छन् । कुलमानले आइतबार मात्रै बालेनसँगको फोटो सार्वजनिक गर्दै देश बनाउने अभियानमा सँगसँगै रहेको सन्देश फेसबुकमार्फत् दिएका छन् ।

धरान पुगेका बेला पनि हर्कले भेट्न अनिच्छा देखाएपछि बालेनसँग शनिबार बिहानै काठमाडौंमा खिचिएको फोटो सार्वजनिक गरेर राजनीतिक सन्देश दिन खोजेका छन् । स्रोतका अनुसार धरान पुग्दा पनि हर्कले कुलमानसँग भेट्न नचाहेको बताइएको छ। त्यसपछि कुलमानले बालेन र आफ्नो फोटो सार्वजनिक गरेर हर्कलाई सन्देश दिएका हुन् ।

कुलमानले वैकल्पिक शक्ति मेरो दलमात्रै ठूलो भनेर अल्झिँदा समस्या हुने सन्देशसमेत श्रम संस्कृति पार्टीका हर्कलाई धरानमै आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा दिए ।

धरानमा हर्कसँग संवाद सम्भव नभएपछि कुलमान सोमबार मोरङको बेलबारी र झापामा अन्तरक्रिया गर्न जाँदैछन् ।

झापामा उनले आफूनिकट केही अग्रज र बाढी पीडितलाई भेट्ने छन् । आइतबार विराटनगर विमानस्थल हुँदै धरान गएका कुलमान सोमबार भद्रपुर एयरपोर्ट हुँदै काठमाडौँ फर्किने छन्। साभार : खबरहव

ताजा समाचार

थप समाचार