Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

स्व. नरेश सर्राफको स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार आशु सर्राफ सम्मानित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,१५ मंसिर ।  स्व. नरेश सर्राफको स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार आशु सर्राफ सम्मानित भएका छन् । तेस्रो स्मृति सभाको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित समारोहमा सर्राफलाई कार्याक्रममा प्रमुख अथिती समेत रहेका पर्सा प्रमुख जिल्ला अधिकारी भोला दहालले नगद रु २१ हजारसहित सम्मानपूर्वक पुरस्कार प्रदान गरेका हुन् ।

सामाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साले आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरूले स्व। नरेश सर्राफको पत्रकारिता क्षेत्रमा गरेको योगदानलाई स्मरण गर्दै उनी आजका पत्रकारहरूका लागि प्रेरणादायी व्यक्तित्व भएको टिप्पणी गरे। स्व। सर्राफले स्थापित गरेको मूल्य, प्रतिबद्धता र निष्ठाले नवीन पुस्ताका पत्रकारलाई सही दिशानिर्देशन दिएको उनीहरूको भनाइ थियो।

पत्रकार आशु सर्राफलाई प्रदान गरिएको यस वर्षको पुरस्कारले निष्पक्ष, उत्तरदायी र समाजमुखी पत्रकारितालाई थप प्रोत्साहन र ऊर्जा प्रदान गर्ने अपेक्षा आयोजकले व्यक्त गरेको छ।

समारोहमा सरोकारवाला, पत्रकार तथा स्व. सर्राफका परिवारजनको उल्लेखनीय उपस्थितिका बीच पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। सहभागीहरूले स्व। सर्राफको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारले पत्रकारिताको क्षेत्रमा सक्रिय रहन थप उत्साह जगाइरहेको प्रतिक्रिया समेत दिएका छन्।

ताजा समाचार

थप समाचार