Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

भूमि समस्या समाधान आयोग खारेजविरुद्ध रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ मंसिर । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ। आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको उक्त रिट न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासमा आज पनि सुनुवाइ भइरहेको हो।

यसअघि सर्वोच्च अदालतले रिटमा जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई पछि निरन्तरता दिने कि नदिने भन्ने आदेश सुनाउन आइतबार मिति तोकेको थियो। तर सो दिन निर्णय नआएपछि सुनुवाइ आजका लागि सारिएको हो।

सर्वोच्चले प्रारम्भिक चरणमै सरकारलाई आयोग खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। साथै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा दुवै पक्षलाई छलफलमा पेश भएर बहस गर्ने निर्देशन दिइएको थियो। बहस सकिएको करिब एक महिनापछि आज यस विषयमा टुंगो लाग्ने अपेक्षा गरिएको छ।

गत असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग तथा त्यसअन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो। सरकारले आयोग खारेज गर्ने निर्णय गरेपछि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले गत कार्तिक ९ गते सर्वोच्च अदालतमा रिट दायर गरी निर्णय बदर गर्न माग गरेका थिए।

Leave a Reply

ताजा समाचार

थप समाचार