Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

समानुपातिकतर्फ पहिलो दिन ३३...

काठमाडौं,२१ मंसिर । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको...

कर्णाली याक्सले जनकपुरलाई १३०...

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर...

मानव अधिकार आयोगमा एक...

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो...

मधेश प्रदेशमा एमाले सरकारका...

काठमाडौं,२१ मंसिर । मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
19.3 C
Birgunj
spot_img

सप्तरीको खडकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१५ मंसिर । सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय दिप्रेन्द्र पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

आइतबार राति सडकछेउमा पार्क गरिएका नम्बर नखुलेको ट्याक्टरमा पछाडि थ्रेसर जोडेर धान मिडाइ भइरहेको समयमा पासवान सडकमा उभिइरहेको अवस्थामा बोदेबर्साईनबाट राजविराजतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १७०८ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए, प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताए।

उक्त दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–१२ अर्नाहाचौकका २८ वर्षीय रामचन्द्र चौधरी घाइते भएका छन् र उनी उपचाररत रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

ताजा समाचार

थप समाचार