काठमाडौं, १५ मंसिर । चोरी र अभद्र व्यवहारको मुद्दा चलिरहेका एक व्यक्ति रिभल्वरसहित काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ घर भइ काठमाडौं, सोल्टीमोड बस्दै आएका ३० वर्षीय सन्तोष गुरुङ रहेका छन्। उनलाई प्रहरी वृत्त कालिमाटीको टोलीले सोल्टीमोडबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, सोल्टीमोड रेडक्रस मार्गस्थित खाली जग्गाको झाडीमा प्लास्टिकले प्याक गरी लुकाइएको रिभल्वर फेला परेको छ।
पक्राउ परेकाविरुद्ध हातहतियार कब्जा तथा खरखजनाको मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



