spot_img

निर्वाचन आयोगमा समानुपातिक प्रणाली कार्यान्वयन सुरु

spot_img
spot_img

काठमाडौँ,१५ मंसिर । समानुपातिक निर्वाचन प्रणाली लागू गर्न निर्वाचन आयोगले नयाँ कार्यकारी कदम चाल्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

आयोगले सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत नियुक्त गर्दै कान्तिपथस्थित आयोग कार्यालयमा समानुपातिक प्रणाली कार्यान्वयनको लागि कार्यालय सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा बोल्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक प्रणाली जटिल भए पनि विगतमा यसमा काम गरेका व्यक्तिहरूका सुझाव लिएर सहज रूपमा काम गर्न सकिने बताए। उनले भने, “चुनाव सम्पन्न गर्न कुनै झन्झट नमानिकन संविधान र विधि अनुसार प्रक्रिया अघि बढाउन सबैसँग आग्रह गर्दछु।”

नेपालमा संवैधानिक व्यवस्था अनुसार प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचन गरी दुई प्रणाली चलाइन्छ। आयोगले समानुपातिक प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय