जनकपुर,१५ मंसिर । मधेस प्रदेश सरकार गठन विवादको मुद्दामा सर्वोच्च अदालतले अन्तिम सुनुवाइ सम्पन्न गरेको छ।
मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दर्ता गरिएको रिटमा सोमबार न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ भएको हो।
बिहीबारदेखि सुरु भएको सुनुवाइ अन्तिम चरणमा नसकिँदा हेर्दाहेर्दैमा राखिएको थियो।
मुख्यमन्त्री नियुक्तिविरुद्ध दुई वटा सार्वजनिक सरोकारका र र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले रिट दर्ता गरेका थिए।
तीन वटै रिटमा सर्वोच्चले पहिले नै अन्तरिम आदेश जारी गरिसकेको छ।



