spot_img

अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, सरकारले घटायो नगद कारोबारको सीमा

spot_img
spot_img

काठमाडौँ,१५ मंसिर । सरकारले वस्तुको खरिद बिक्री गर्दा हुने १० लाखसम्मको नगद कारोबारको सीमालाई घटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सेवा,वस्तुहरूको खरिद बिक्री वा अन्य कारोबार गर्दा १ लाखसम्म नगद कारोबारलाई रोक लगाएको हो ।

सरकारले अब एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने निर्णय गरेको उनको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय