Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
24.5 C
Birgunj
spot_img

महाधिवेशन प्रतिनिधि छनोट विवाद समाधानको जिम्मा प्रदेश कमिटीलाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको क्रममा विभिन्न जिल्लामा देखिएका विवाद समाधानको जिम्मेवारी पार्टीले सम्बन्धित प्रदेश कमिटीलाई दिएको छ।

संगठन विभागका सचिव माधव ढुङ्गेलका अनुसार विवाद भएका क्षेत्रहरूमा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज तथा केन्द्रीय संगठन विभागबाट खटिएका प्रतिनिधिहरूले समन्वय र सहजीकरणमार्फत समस्या मिलाउने तयारी अघि बढाइरहेका छन्।

एमालेले मंसिर १३ गते देशभर प्रतिनिधि छनोट गरी मंसिर १५ भित्र नाम केन्द्रमा पठाउन निर्देशन दिए पनि आन्तरिक मतभेद र अन्तर्विरोधका कारण सबै जिल्लाबाट नाम समयमै पठिन सकेको छैन। ढुङ्गेलका अनुसार केही स्थानका विवाद समाधान भइसकेका छन् भने बाँकी ठाउँहरूमा आज बेलुकासम्म अन्तिम टुंगोमा पुर्‍याउने कार्य जारी छ।

विवाद देखिएका प्रमुख जिल्लामध्ये सुदूरपश्चिमको बझाङ, मधेसका पर्सा र रौतहट, गण्डकीको तनहुँ–१, र कोशी प्रदेशका ओखलढुङ्गा र धनकुटा उल्लेख गरिएका छन्। यस्तै कर्णाली प्रदेशका दैलेख र सल्यानमा भने विवाद टुंगिएको बताइएको छ।

हाल प्रदेश कार्यालयहरूले तल्लो तहबाट आएका प्रतिनिधिहरूको नाम संकलन र अभिलेख अद्यावधिक गर्ने काम गरिरहेका छन्। सचिव ढुङ्गेलका अनुसार बुधबारभित्र सबै प्रदेशबाट प्रतिनिधिहरूको अन्तिम सूची केन्द्रमा पुग्नेछ।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ। महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूह बनाएर प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्।

ताजा समाचार

थप समाचार