Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

सिम्रौनगढबाट तस्करी भएको भारतीय चकलेट कलैयामा नियन्त्रण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१६ मंसिर । बाराको सिम्रौनगढ क्षेत्रबाट प्रहरीकै मिलेमतोमा तस्करी भएको भारतीय चकलेट कलैयाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी खजानीको मिलोमतोमा नेपाल भित्रिएको एक पिकअप भारतीय चकलेट प्रहरीले आज विहान कलैयाबाट नियन्त्रणमा लिएको हो । प्रहरी चौकी बसपार्कको टोलीले विशेष सूचनाको आधारमा कलैयाबाट ना.२च १३०४ नम्बरको पिकअप सहित भारतीय चकलेट नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका घुमुवा प्रहरी सहायक हवल्दार रुपेश कुशवाहा र प्रहरी चौकी खजानीका इन्चार्ज प्रहरी सहायक निरिक्षक विश्वराज कुशवाहाको मिलोमतोमा सो चकलेट गएराती भारतबाट नेपाल भित्रिएको श्रोतले जनाएको छ । प्रहरी सहायक निरिक्षक कुशवाहाले भने आफूले कोही कसैसँग कुनै आर्थिक लेनदेन नगरेको दावी गरेका छन् ।

कुशवाहाद्वयको मिलोमतोमा गएराती दिपक र भोला नाम गरेको तस्करले भारतीय चकलेट नेपाल भित्रयाएको प्रहरी श्रोतले दावी गरेको छ । सिम्रौनगढ क्षेत्रबाट अहिले ब्यापक तस्करी भइरहेको स्थानीयले जनाएका छन् ।

Leave a Reply

ताजा समाचार

थप समाचार