अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस बुधबार विभिन्न कार्यक्रमसहित देशभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघको पहलमा १९९२ देखि प्रत्येक डिसेम्बर ३ मा मनाइने यस वर्षको दिवसको नार ‘अपाङ्गता समावेशी समाजको प्रवर्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ।
सरकार, सरोकारवाला निकाय र विभिन्न संघ–संस्थाले कार्यक्रम आयोजना गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता र समावेशिताबारे सचेतना जगाइरहेका छन्।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई सम्मानजनक जीवन र सार्वजनिक सेवामा समान पहुँचको हक सुनिश्चित गरे पनि भौतिक पहुँच र सुविधाको पूर्ण कार्यान्वयन अझै आवश्यक रहेको माग संबंधित पक्षले उठाउँदै आएका छन्।



