spot_img

‘उज्यालो नेपाल पार्टी’ आज सार्वजनिक हुँदै

spot_img
spot_img

काठमाडौं,१७ मंसिर । ऊर्जा सुधारका अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ आज (बुधबार) औपचारिक रूपमा सार्वजनिक हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो १ बजे आयोजना गरिएको घोषणा सभामा शीर्ष नेतृत्वसहित संरक्षक घिसिङको सहभागिता रहनेछ।

पार्टीका नेता डा. तारा जोशीका अनुसार आजको कार्यक्रममार्फत पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा ‘घोषणापत्र २०८२’ आधिकारिक रूपमा प्रस्तुत गरिनेछ। पार्टीले ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ भन्ने नारा अघि सारेको छ, जसले राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एकीकृत राष्ट्रिय लक्ष्यका रूपमा चित्रण गर्ने दाबी गरिएको छ।

जेनजी (नभल श्) आन्दोलनपछि बढ्दो राजनीतिक चेतनालाई आत्मसात् गर्दै नयाँ विकल्पका रूपमा ‘उज्यालो नेपाल’ गठन गरिएको नेतृत्वको भनाइ छ। निर्वाचन आयोगमा अनुपराज उपाध्याय संयोजक रहेको ५१ सदस्यीय समिति नाममा दर्ता भइसकेको पार्टीले आफूलाई वैकल्पिक शक्ति बनाउने लक्ष्य लिएको छ।

रास्वपा, काठमाडौंका मेयर बालेन शाह, तथा रेसम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने योजना रहेको पार्टीले जनाएको छ।

आजको औपचारिक घोषणापछि ‘उज्यालो नेपाल’ले संगठन विस्तार, नीतिगत अभियान र आगामी निर्वाचन केन्द्रित रणनीति तीव्र बनाउँदै अघि बढ्ने तयारी गरेको छ। ऊर्जा क्षेत्रमा सुधारका कारण लोकप्रिय बनेका कुलमान घिसिङ संरक्षकका रूपमा अघि आएपछि यो नयाँ पार्टीप्रतिको जनचासो बढेको देखिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय