spot_img

छ महिनाभित्र निर्वाचन सुनिश्चित गर्ने सरकारको तयारी पूरा भएको मन्त्री खरेलको दाबी

spot_img
spot_img

काठमाडौँ,१७ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले अपांगता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न सरकार गम्भीर र प्रतिबद्ध रहेको बताएका छन्। अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित प्रभातफेरीपछि भएको सभालाई सम्बोधन गर्दै उनले आवश्यक कानुन तथा नीतिगत सुधारका लागि सरकार सक्रिय रहेको स्पष्ट पारे।

मन्त्री खरेलले हालको सरकार छोटो कार्यकालका बीच पनि अपांग महासंघसँग निरन्तर छलफल गर्दै आवश्यक ऐन र नियमावली तयार गर्ने प्रक्रियालाई अघि बढाइने बताए। “अपांगता भएका नागरिकको हक अधिकार राज्यले सुनिश्चित गर्नैपर्छ, यसमा कुनै बहाना छैन,” उनले भने।

यससँगै उनले सरकार ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जनादेशसहित गठन भएकाले चुनाव कहिले पनि नरोकिने दाबी गरे। “निर्वाचनका लागि आवश्यक वातावरण सरकारले तयार गरिसकेको छ। निर्धारित समयमै चुनाव हुन्छ,” मन्त्री खरेलले स्पष्ट रूपमा भने।

अपांगता भएका व्यक्तिहरूको अधिकारप्रति विश्वव्यापी ध्यानाकर्षण गर्न संयुक्त राष्ट्रसंघले १९९२ देखि प्रत्येक वर्ष डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपांग दिवस मनाउँदै आएको छ। दिवसकै अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपांग महासंघलगायत संस्थाहरूले काठमाडौँमा प्रभातफेरी आयोजना गरेका थिए। प्रभातफेरीपछि भृकुटीमण्डपमा विशेष सभा पनि सम्पन्न भयो।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय