Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
20.6 C
Birgunj
spot_img

पोखरिया–५ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१७ मंसिर । पोखरिया नगरपालिका–५ सतवरिया टोलमा लायन्स क्लब बीरगन्ज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी र जोन चेयर पर्सन डा. लक्ष्मी थापाको सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न भएको छ।

स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी र आशा देवीको पहलमा आयोजित उक्त शिविरमा तिलगंगा आँखा प्रतिष्ठान तथा बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो।

शिविरमा गरिएका परीक्षणका क्रममा ५७ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिने लायन्स क्लब परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले जानकारी दिए। उनका अनुसार यस्ता स्वास्थ्य शिविरहरू पोखरिया नगरपालिकाका सबै १० वटै वडा हुँदै निरन्तर सञ्चालन गरिनेछ।

शिविर वडा नं. ५ का अध्यक्ष महेन्द्र प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन समानी, नेपाली कांग्रेस नेतृ आशा देवी, समाजसेवी मनोज साह कानु, सुनिल साह, गोवर्धन यादव, रहिम मियाँ, कृष्णा पटेल लगायत स्थानीय सम्माननीय व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

ताजा समाचार

थप समाचार