Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

मधेसमा १६८(२) अनुसार नयाँ सरकार गठन गर्न बाटो खुला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१७ मंसिर । मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै मधेस प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको बाटो खुला भएको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री यादवले बुधबार पदबाट राजीनामाको घोषणा गरेपछि नयाँ सत्ता समीकरणको ढोका खुला भएको हो।

विश्वासको मत लिन निर्धारित प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामाको घोषणा गरेका हुन्। बैठकमा उनले मन्तव्य राखिरहँदा विपक्षी सात दलका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए । सत्ता साझेदार दलबाट मात्रै विश्वासको मत प्राप्त नहुने निश्चित निष्कर्ष निकाल्दै उनले मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन् ।

यसअघि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २३ गते यादवलाई संविधानको धारा १६८ (३) बमोजिम ठुलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर, उक्त नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सात दलका ७४ प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मंसिर १५ गते मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश पालना गर्दै आज बैठक बसे पनि यादव विश्वासको मत प्राप्त गर्न असफल भएका हुन्। सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका यादवले आजै प्रदेश प्रमुख समक्ष लिखित राजीनामा पेस गर्ने बताएका छन् । यादवको बहिर्गमनसँगै अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ ।

Leave a Reply

ताजा समाचार

थप समाचार