Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

रौतहटमा ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न २ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,१८ मंसिर । रौतहटमा जेन-जी आन्दोलनका क्रममा सरकारी सम्पत्तीमा भएको तोडफोड तथा आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ। पक्राउ परेकामध्ये चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा नं. ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छन् ।

गत भदौ २३ र २४ गते चन्द्रपुर क्षेत्रमा जेन–जी पुस्ताले सञ्चालन गरेको आन्दोलन हिंसात्मक बन्दै जाँदा इलाका प्रहरी कार्यालय चन्द्रपुर र त्यहाँ रहेका सवारी साधनमा तोडफोड तथा आगजनी भएको थियो। सोही घटनामा संलग्न रहेको प्रारम्भिक प्रमाणका आधारमा प्रहरीले दुवै जनालाई बुधबार नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी कारबाही थालिएको छ। उनीहरूविरुद्ध ‘अपराधिक उपद्रव’ सम्बन्धी कसूरमा रौतहट जिल्ला अदालतबाट म्याद थप भई हाल इलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डीएसपी विष्णुप्रदीप वस्यालले आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा पुगेको क्षति, संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र प्रमाण संकलनको प्रक्रिया पनि निरन्तर जारी छ।

प्रहरीले घटनालाई गम्भीर मान्दै तोडफोड तथा आगजनीमा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

Leave a Reply

ताजा समाचार

थप समाचार