spot_img

कांग्रेसको कडा निर्णय : बहालवाला जनप्रतिनिधिलाई अब टिकट नपाइने

spot_img
spot_img

काठमाडौं,१८ मंसिर । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवार सिफारिससम्बन्धी महत्त्वपूर्ण र कडा निर्णय गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रअनुसार राष्ट्रियसभा र प्रदेशसभामा बहालवाला रहेका सांसद तथा सदस्यहरूलाई अबको प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारका रूपमा सिफारिस गर्न नपाइने भएको छ। यसैगरी, स्थानीय तहमा निर्वाचित भई बहाल रहेका कुनै पनि जनप्रतिनिधि (मेयर, वडाध्यक्ष लगायत)ले समेत प्रतिनिधिसभाको प्रत्यक्ष वा समानुपातिकतर्फ तथा राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिन नपाउने नीति कांग्रेसले लिएको छ।

साथै, २०७९ को प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम पनि आसन्न चुनावका लागि सिफारिस गर्न रोक लगाइएको छ।

यस कठोर नीतिले नयाँ र युवा पुस्तालाई अवसर दिने कांग्रेसको रणनीतिक कदम रहेको बुझिएको छ, जसले पार्टीमा उम्मेदवार सिफारिसको प्रक्रियालाई थप पारदर्शी र सीमित बनाउनेछ। परिपत्रमा तोकिएको संख्या (प्रत्यक्षतर्फ एक महिलासहित तीन जना, समानुपातिकतर्फ कम्तीमा एक महिलासहित बढीमा दुई जना) भन्दा बढी नाम सिफारिस गरिएमा केन्द्रले त्यसलाई कार्यान्वयन नगर्ने चेतावनीसमेत दिइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय