Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सप्तरी,१८ मंसिर । सप्तरीको कंचनरूप नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। कंचनरूप–५, पिप्रा पूर्वका ६५ वर्षीय नारायण खङको हात्तीको हमलामा ज्यान गएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी माधव प्रसाद काफ्लेले पुष्टि गरे।

डीएसपी काफ्लेका अनुसार खङ घरबाट करिब दुई किलोमिटर टाढा रहेको आफ्नै खेतमा सुकाइराखिएको धान जोगाउन पुगेका थिए। चोरी–चकारी रोक्न उनी खेतमै बस्ने गरेका थिए।

यही क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षतर्फबाट आएको जंगली हात्तीले रातिको समयमा सुतिरहेको अवस्थामा उनीमाथि आक्रमण गरी कुल्चिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका खङलाई छिमेकीले उद्धारका लागि प्रयास गरे पनि उनलाई जोगाउन नसकिएको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

Leave a Reply

ताजा समाचार

थप समाचार