Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

कामका लागि जापान जाने नेपाली ठगिने क्रम बढ्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८  मंसिर । वैदेशिक रोजगारीका लागि जापान जाने नेपालीहरू पछिल्लो समय ठगीमा पर्ने घटना तीव्ररूपमा बढिरहेका छन्। जापानमा रोजगार दिलाइदिन्छु भन्दै ठूला रकम असुली नेपालबाट पठाइएका धेरै युवा त्यहाँ पुगेपछि काम नपाएर बिचल्लीमा परिरहेका छन्।

यस्तो गम्भीर समस्या सरकारी निकायमा औपचारिक उजुरीका रूपमा धेरै नआए पनि वैदेशिक रोजगारीमाथि काम गर्दै आएका संघ–संस्था तथा उद्धारकर्ताहरूका अनुसार जापानतर्फ ठगीको जोखिम दिनप्रतिदिन बढ्दो छ। वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार पछिल्लो समय जापानमा ठगिएका युवाबाट दैनिक ३–४ वटा उद्धारका कल आउने गरेका छन्।

‘हामी बिचल्लीमा पर्‍यौं, खान–बस्नको व्यवस्था छैन, उद्धार गरिदिनुस्’ भनेर जापानबाट ह्वाट्सएप र मोबाइलमार्फत सहायता माग्नेहरू बढेका छन्,’ गोलेले बताए। वर्किङ भिसामा कुकको कामका लागि जाने धेरै नेपाली रोजगार नपाएर समस्यामा पर्ने गरेको पनि उनले जनाए।

नेपालका केही एजेन्ट र ट्राभल कम्पनीहरूले जापानका होटलमा काम दिलाइदिने भन्दै १० देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन्। जापानमा बस्ने नेपालीले नै सञ्चालन गरेका होटलका नाममा रोजगारी देखाइने तर भाषा र सीप नजाने धेरै युवाहरूले अन्य होटल वा कम्पनीमा काम पाउन नसकेर अलपत्र पर्ने गरेको गोलेको भनाइ छ।

रोजगार नपाएका केही युवाहरू सडकमै बस्न बाध्य हुने गरेको पनि गोलेले बताए। ‘काम नपाएपछि पैसा सकिन्छ, त्यसपछि सडकमै भौतारिनुपर्ने अवस्था आउँदो रहेछ,’ उनले भने।

पाल्पाका हरि शर्मा (परिवर्तित नाम) १२ लाख ६० हजार रुपैयाँ तिरेर सात महिनाअघि जापान पुगे। कुकको कामका लागि पुगेका उनी सात महिनासम्म कुनै रोजगार नपाएपछि केही दिनअघि मात्रै नेपाल फर्किन बाध्य भए। उनले आफूलाई ठगी गर्ने एजेन्टविरुद्ध उजुरी दिएका छन्।

त्यस्तै, रामेछापका रामबहादुर अधिकारी (परिवर्तित नाम) १८ लाख रुपैयाँ तिरेर जापान पुगे तर छ महिनासम्म कुनै काम नपाएपछि परिवारको सहयोगमा नेपाल फर्किनु पर्‍यो।

वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालका अनुसार जापानसम्बन्धी ठगीका उजुरी विभागमा कमै आउने गरेका छन्। ‘कतिपयले निवेदन दिन्छन्, तर जापानतर्फ ठगीका धेरै केस औपचारिक रूपमा दर्ता भएको छैन,’ ढकालले बताए।

ताजा समाचार

थप समाचार