Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
9.4 C
Kathmandu
17.8 C
Birgunj
spot_img

मधेशमा नयाँ सरकार गठन: मुख्यमन्त्री–सभामुख भागबन्डा ‘प्याकेजमै’ गर्ने प्रयास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, १८ मंसिर । मधेश प्रदेशमा सातदलीय गठबन्धन नयाँ सरकार गठनका लागि प्याकेज वार्तामा जुटेको छ। नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेता तथा सांसदहरूले आज मध्यान्नदेखि औपचारिक र अनौपचारिक छलफल गर्दै सरकार गठनको मार्ग तय गर्ने प्रयास गरिरहेका छन्।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि बुधबार प्रदेशसभामा राजीनामा दिएपछि प्रदेश प्रमुखले शुक्रबार साँझ ५ बजेसम्म मुख्यमन्त्री पदको दाबी पेश गर्न आह्वान गरेका थिए।

सातदलीय गठबन्धनमा कांग्रेसका कृष्णप्रसाद यादव र लोसपाका सतिश सिंह दाबी पेश गरिरहेका छन्। तर, सभामुख पद रिक्त भएकोले दलहरूले सरकार र सभामुख दुवै पदको सहमति एकैपटक गर्न ‘प्याकेज’ रणनीति अपनाएको छ।

एक सांसदका अनुसार, “सकभर कुनै एक दललाई नेतृत्वमा मनाएर, सभामुख–मन्त्रालय भागबन्डासहित सहमति गर्ने प्रयास जारी छ। कांग्रेस र लोसपाले नेतृत्व दाबी गरिरहेका छन्, तर सातदलीय गठबन्धन मिलेर सहमति खोज्दैछ।”

दलहरू भित्रको विश्लेषण अनुसार, कांग्रेसका कृष्ण यादवको पक्ष बलियो बन्दै गएको छ। निवर्तमान मुख्यमन्त्री यादवले अब जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि विश्वासको मत दिने बताएका छन्, जसले कांग्रेसको दाबीलाई थप मजबुत बनाएको छ।

जसपा नेपाल सरकारको नेतृत्व दाबी नगरी सभामुख पाउने रणनीतिमा रहेको छ भने अन्य दलहरू महत्त्वपूर्ण मन्त्रालयको भागबन्डा सुनिश्चित गर्न वार्ता गरिरहेका छन्।

प्रदेशसभामा कुल १०७ सदस्य रहेका छन् र सरकार गठनका लागि ५४ सदस्यको बहुमत आवश्यक पर्छ। वर्तमान सीट वितरण अनुसार एमाले २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, एकीकृत समाजवादी १, र अन्य साना दलसँग १–१ सिट छ।

सातदलीय गठबन्धनले अब शीघ्र सहमति गराएर नयाँ मुख्यमन्त्री र सभामुखको घोषणा गर्ने लक्ष्य राखेको छ।

ताजा समाचार

थप समाचार