spot_img

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल बैठक: विपद् व्यवस्थापनमा दीर्घकालीन कार्ययोजनाका महत्वपूर्ण निर्णय

spot_img
spot_img

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ। वीरगंज महानगरपालिकाको आयोजनामा भएको उक्त बैठकमा देशभरका महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकले विपद् जोखिम न्यूनीकरणलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यसहित केही महत्वपूर्ण निर्णयहरू गरेको छ। नगरप्रमुख राजेशमान सिंहका अनुसार बैठकले विपद् जोखिम न्यूनीकरण अनुसन्धान तथा शिक्षण केन्द्र स्थापना, विपद् कोष गठन, प्रत्येक नगरमा फोकल पर्सन तोक्ने, ६/६ महिनामा नियमित बैठक बस्ने, र सचिवालय दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। आगामी राष्ट्रिय बैठक जेठमा गोदावरी नगरपालिकामा हुने जानकारी पनि सिंहले साझा गरेका छन्।

समापन सत्रमा नगरप्रमुख सिंहले बैठकमा राखिएका सुझाव र छलफलले आगामी कार्ययोजना अझ प्रभावकारी रुपमा अघि बढाउन प्रेरणा मिलेको बताए। कार्यक्रमको उद्घाटन सिटीनेट नेपालका अध्यक्ष तथा विराटनगरका मेयर नागेश कोइराला र वीरगंजका मेयर सिंहले संयुक्त रूपमा गरेका थिए।

सिटीनेटमा हाल एसिया–प्रशान्त क्षेत्रका १०३ सदस्य रहेका छन्, जसमध्ये नेपालका १६ पालिका सदस्य छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय